गोकर्णेश्वरमा महिला हत्या, पाँच जना पक्राउ

Categories:

-

काठमाडौं, २५ फागुन – गोकर्णेश्वरमा एक महिलाको हत्या गरी शव बोरामा प्याक गरेर फालिएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

घटना शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिकको बागमती खोलामा घटित भएको हो। पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। शव बारोमा प्याक गरेर अन्दाजी ३५ वर्षीया महिलाको मृत शरीर भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएका छन् र घटनाको अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा ती महिलाको हत्या भएको पुष्टि भएको छ।

हत्या आरोपमा प्रहरीले २५ वर्षीय कैलाश खड्का (सर्लाही), २० वर्षीय सुरेश तामाङ (मकवानपुर), २४ वर्षीय रोशन तामाङ (नुवाकोट), २० वर्षीया पूजा परियार (सिन्धुपाल्चोक), र एक नाबालकलाई पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

हालसम्म महिलाको शवको पहिचान हुन सकेको छैन र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य