रवि लामिछाने दोस्रो तारिख बुझ्न कास्कीमा, भोलि रुपन्देही जाँदै

Categories:

-

काठमाडौं,२५ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारिख बुझ्न पुगेका छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनी यसअघि ८४ दिन हिरासतमा बसेका थिए। कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो।

लामिछाने सोमबार रुपन्देही जाने कार्यक्रम छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी बुझाएर रिहा भएका उनी चार जिल्लामा मुद्दा खेपिरहेका छन्।

कास्की, रुपन्देही, चितवन र काठमाडौंमा कानुनी प्रक्रिया सामना गरिरहेका लामिछाने पछिल्लो समय राजनीतिक रूपमा निष्क्रिय देखिएका छन्। पार्टी गतिविधिमा सीमित भूमिकामा रहेका उनले पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा पनि उल्लेखनीय उपस्थिति जनाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य