काठमाडौं,२३ फागुन । बागमती प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंको संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा ध्रुबराज न्यौपाने मनोनीत भएका छन्। प्रदेश सरकारको निर्णयअनुसार उनलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो।
न्यौपानेको अध्यक्षतामा अब आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सुधार, प्रवर्द्धन तथा विस्तार गर्ने अपेक्षा गरिएको छ। चिकित्सालयलाई आधुनिक व्यवस्थापन प्रणालीसँग जोड्दै सेवा प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
आयुर्वेद स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले न्यौपाने नेतृत्वको समितिले नीतिगत सुधार, अनुसन्धान प्रवर्द्धन, सेवा सुलभता, तथा पूर्वाधार विकासमा जोड दिने बताइएको छ। नेपालमा परम्परागत चिकित्सा पद्धतिको संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
बागमती प्रदेश सरकारको यो निर्णयले वैकल्पिक चिकित्सा क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। न्यौपानेको अनुभव र नेतृत्वले आयुर्वेद सेवा विस्तार तथा गुणस्तर वृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।


