साँखु बाल आश्रयस्थलमा टिपरको ठक्कर, तीन जनाको मृत्यु

Categories:

-

काठमाडौँ,२३ फागुन । काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखु, सलम्बुटारस्थित बाल आश्रयस्थलमा आज बिहान करिब ३:४० बजे भएको टिपर दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा दुई बालबालिका र एक वृद्धको मृत्यु भएको छ। उक्त आश्रयस्थललाई द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गर्दै आएको हो।

दुर्घटनाको समय टिपर बा २ क ६५८० बाटो छाडेर बाल आश्रयस्थलको टहराभित्र घुसेको थियो जसले बालबालिका र वृद्धलाई च्यापेर मृत्युको शिकार बनायो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिँदै भने, “टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्धको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य व्यक्तिहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याइयो, जहाँ चिकित्सकले मृत घोषणा गरे।”

घटनास्थलमा प्रहरी र स्थानीयवासीको ठूलो जनसमूह उपस्थित भएको थियो। घटनापछि टिपरको चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी अनुसार चालक माथि थप अनुसन्धान भइरहेको छ।

यो घटनाले त्यस क्षेत्रका स्थानीयहरूको गुनासोलाई फेरि बलियो बनाएको छ। स्थानीयहरूले लामो समयदेखि टिपरको अनियंत्रित चलाइ र मापदण्डविपरीत तीव्र गतिको विरोध गर्दै आएका थिए। स्थानीयवासीहरु भन्छन् : प्रहरी, ट्राफिक प्रहरी र नगरपालिकाका अधिकारीहरूको मिलोमतोका कारण सडकमा टिपर चलाउने नियमहरूको पालना नगर्दा  दुर्घटनाका  बढ्दै गएका छन।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य