नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गर्यो, डलर महँगो हुँदै

Categories:

-

काठमाडौं,२३ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्ला तीन दिनदेखि घट्दै आएको अमेरिकी डलरको मूल्य आज वृद्धि भएको छ। अन्य प्रमुख मुद्राहरू जस्तै युरो, पाउन्ड, अस्ट्रेलियन डलर र दिनारको विनिमय दर पनि बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३९ रुपैयाँ ०९ पैसा र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ। हिजोको तुलनामा खरिद दर २५ पैसा र बिक्री दर २५ पैसा बढेको छ। गत माघ २५ गते अमेरिकी डलरको खरिद दर १३९ रुपैयाँ ८३ पैसा र बिक्री दर १४० रुपैयाँ ४३ पैसा थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

युरोपियन युरोको विनिमय दरमा पनि वृद्धि भएको छ। आज युरो १ को खरिद दर १५० रुपैयाँ ०२ पैसा र बिक्री दर १५० रुपैयाँ ६६ पैसा रहेको छ, जुन हिजोको तुलनामा झण्डै २ रुपैयाँले बढी हो।

त्यस्तै, पाउन्ड स्ट्रलिङ १ को खरिद दर १७९ रुपैयाँ ०४ पैसा र बिक्री दर १७९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ, जुन हिजोको तुलनामा करिब १ रुपैयाँले वृद्धि भएको छ।

अस्ट्रेलियन डलरको मूल्य पनि बढेको छ। आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ९४ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा रहेको छ। हिजोको तुलनामा खरिद दर ७६ पैसा र बिक्री दर ७६ पैसा बढेको हो।

खाडी मुलुकको मुद्रामा पनि वृद्धि देखिएको छ। कुबेती दिनार १ को खरिद दर ४५१ रुपैयाँ ३३ पैसा र बिक्री दर ४५३ रुपैयाँ २७ पैसा छ। यस्तै, बहराइन दिनार १ को खरिद दर ३६८ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७० रुपैयाँ ५६ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला संशोधन हुनसक्छ। वाणिज्य बैंकहरूले आ–आफ्नै विनिमय दर तोक्न सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य