काठमाडौं,१८ फागुन। काठमाडौंको टोखा क्षेत्रमा प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट झोर जाने बाटोमा गोली प्रहार गरेको हो। प्रहरी स्रोतका अनुसार एक राउन्ड हवाइ फायर र दुई राउन्ड गोली चलाइएको छ। पक्राउ परेका व्यक्तिको नाम र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


