नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार सम्हाले

Categories:

-

काठमाडौं, फागुन १३ – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज पदभार ग्रहण गरेका छन्। उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट शपथ लिएर प्राधिकरणको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले आफ्नो कार्यकालमा परिवर्तन देखिने दाबी गरे। उनले भने, “सरकारले दिएको यो जिम्मेवारी चुनौतीपूर्ण छ, तर मेरो कार्यकालमा नयाँ परिवर्तन देखिनेछ।”

प्राधिकरणको नियमन क्षमतामाथि जनगुनासो रहेको स्वीकार्दै उनले “प्राधिकरणलाई प्रभावकारी बनाउने र नयाँ कामको सुरुवात गर्ने” प्रतिवद्धता व्यक्त गरे।

ओझाको नियुक्ति हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। अब उनले बीमा क्षेत्रको सुधार, नियमन सुदृढीकरण, तथा सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य