काठमाडौँ,१३ फागुन ।संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार अमेरिकाले युक्रेनको प्रस्तावको विपक्षमा मतदान गरेको छ, जसमा रुसको युक्रेनमाथि आक्रमणको निन्दा गर्दै रुसको सेना तत्काल फिर्ता गर्नुपर्ने र युक्रेनमा स्थायि शान्ति कायम गर्नुपर्ने प्रस्ताव राखिएको थियो। यससँगै, अमेरिकाले एक ऐतिहासिक कदम चालेको छ, जसले युरोप र अन्य अन्तर्राष्ट्रिय निकायहरूमा खैलावैला मच्चाएको छ।
अमेरिकाले यस पटक आफ्नो परम्परागत कूटनीतिक नीतिमा फेरबदल गर्दै युक्रेनको विरोधमा उत्रिएको हो। यस प्रस्तावमा ६५ देशहरूले मतदान प्रक्रिया भाग लिएका थिए, जसमा भारत र चीन जस्ता शक्तिशाली राष्ट्रहरूले मतदानमा भाग लिएका छैनन्। जर्मनी, ब्रिटेन, र फ्रान्स जस्ता युरोपियन देशहरू भने प्रस्तावको समर्थनमा थिए।
रूस र युक्रेन बिचको युद्ध सुरु भएको तीन वर्ष पूरा भएको अवसरमा यो प्रस्ताव ल्याइएको थियो। अमेरिकाले भने आफ्नो पक्षमा रहेको प्रस्तावमा कुनै पनि पक्षमा नपर्ने र युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको दाबी गरेको छ। अमेरिकाले युएनमा ३ प्याराग्राफको प्रस्ताव प्रस्तुत गर्दै, दुबै देशमा भएको जनधनको क्षतिमा दुख व्यक्त गरेको छ र युद्ध तुरुन्त रोक्नुपर्ने र स्थायी शान्ति कायम गर्नुपर्ने बताएका छन्।
नेपालले पनि रूसविरुद्धको प्रस्तावमा मतदान गर्दै युक्रेनको पक्षमा आफ्नो समर्थन व्यक्त गरेको छ। नेपालको कूटनीतिक अवस्थाले यस मतदानमा देशको स्पष्ट पक्षधरता देखाएको छ। यसले नेपालको विदेश नीति र विश्व समुदायसँगको सम्बन्धमा नयाँ मोड ल्याएको छ।
यो घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक संवाद र भविष्यका निर्णय प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ, जहाँ प्रमुख शक्तिहरूबीचको मतभेद अझ स्पष्ट हुँदै गएको छ।