कागेश्वोरी मनोहरा नगरपालिकाको वैदेशिक बसाइ सराइको तथ्यांक सार्वजनिक

Categories:

-

काठमाडौँ,१३ फागुन । कागेश्वोरी मनोहरा नगरपालिकाले हालै नगरपालिकाबाट विदेश गएका नागरिकहरूको विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा गरिएको यो अनुसन्धानले नगरपालिकाबाट वैदेशिक रोजगारी, अध्ययन तथा बसाइ सराइको वास्तविकता उजागर गरेको छ।

तथ्यांकअनुसार, कागेश्वोरी मनोहरा नगरपालिकाबाट विदेश गएका व्यक्तिहरूमध्ये सबैभन्दा बढी ३३.२% मध्यपूर्वी देशहरूमा रहेका छन्। रोजगारीका अवसरहरूका कारण मध्यपूर्व लोकप्रिय गन्तव्य बनेको देखिन्छ। त्यसपछि क्रमशः १७.७% नागरिक प्यासिफिक क्षेत्रका देशहरूमा तथा १२.०% भारत बाहेक अन्य एसियाली मुलुकमा गएका छन्।


नगरपालिकाले यी तथ्यांकहरूको आधारमा नयाँ नीति तथा योजना निर्माण गर्ने बताएको छ। मेयर उपेन्द्र कार्कीका अनुसार, वैदेशिक रोजगारमा गएका नागरिकहरूको आवश्यक सहयोग, सुरक्षित आप्रवासन नीति, सीपमूलक तालिम, र पुनःस्थापना कार्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ।

मेयर कार्कीको डाटा-आधारित कार्यशैली नगरवासीका लागि लाभदायक साबित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य