निर्माण व्यवसायीको सुरक्षामा सरकारको लापरवाही, महासंघको कडा प्रतिक्रिया

Categories:

-

काठमाडौं,१२ फागुन  । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरूको सुरक्षामा सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायलाई पटक पटक आग्रह गरेपनि निर्माण व्यवसायीमाथि भौतिक आक्रमण नरोकिएको बताएका छन्।

महासंघका अनुसार, दुम्जा-मरिनखोला-कपिलकोट-लालबन्दी सडक निर्माणस्थलमा जयन्ती-विरुवा-ड्रागन जेभीका प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहले हातहतियार सहित आक्रमण गरेको थियो। यस आक्रमणबाट कोइराला गम्भीर घाइते भएका छन्। महासंघले उक्त आक्रमणको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

यदि दोषीलाई कारबाही नगरिएमा महासंघले निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ र यस विषयमा विरोध प्रदर्शनमा उत्रने तयारी गरेको जनाएको छ।

निर्माण व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्ने आशा गरिएको छ, तर हालसम्म यससम्बन्धी कुनै प्रभावकारी कदम उठाइएको छैन।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य