देशभरको मौसम: पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

Categories:

-

काठमाडौं,१२ फागुन । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बाग्मती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, बाग्मती, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहनेछ। केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै छ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा सम्भावित वर्षा तथा हिमपातका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य