डीआईजी जनक भट्टराई एआईजी पदमा बढुवा सिफारिस

Categories:

-

काठमाडौं,११ फागुन । नेपाल प्रहरीका डीआईजी (प्रहरी नायब महानिरीक्षक) जनक भट्टराईलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवा सिफारिस गरिएको छ।

आइतबार (फागुन ११) बिहान बसेको बढुवा समितिको बैठकले भट्टराईलाई एआईजीमा सिफारिस गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी नियमावली, २०७१ को नियम २७ (४) अनुसार सिफारिस गरिएको छ।

हाल भट्टराई सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य