काठमाडौं,११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको टिम विजयी भएको छ।
२२ मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा कुल ५०६ मत खस्दा ई. सुभाष कोइरालाको नेतृत्वमा रहेको माओवादी निकट संगठनले २०२ मत प्राप्त गर्दै जित हासिल गरेको हो।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघका गणेश प्रसाद भुसालको नेतृत्वमा रहेको टोली १९४ मतसहित दोस्रो स्थानमा रह्यो।
एमाले निकट नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका मीन प्रसाद खनाल नेतृत्वको टिमले १५३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्यो।
मधेस तराई कर्मचारी युनियनका ई. अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको समूह २२ मत प्राप्त गर्दै चौथो स्थानमा रह्यो भने जनमत पार्टी निकट कर्मचारी एकता मञ्चका ई. रतन दास नेतृत्वको समूह ५ मतमा सीमित रह्यो।
निर्वाचन अधिकृतका अनुसार १० मत बदर भएको छ।


