काठमाण्डौ, फागुन १० – बुढानिलकण्ठ नगरपालिकामा कार्यरत एक महिला नगर प्रहरीमाथि हातपात भएको छ।
नगरपालिका वडा नं. १० रुद्रमती चोकमा अव्यवस्थित तार व्यवस्थापनका लागि पुगेकी नगर प्रहरी मनिता मगरमाथि केही युवाहरूले आक्रमण गरेका हुन्।
नगर प्रहरीले घटनामा संलग्न दोषीलाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ। साथै, स्थानीय प्रशासन र प्रहरीलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
रुद्रमती चोकमा भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


