कतारमा सडक दुर्घटनामा परि झविन्द्र आचार्यको निधन

Categories:

-

 दाेहा,१० फागुन । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको बिहीबार राति सडक दुर्घटनामा निधन भएको छ। गम्भीर घाइते भएका उनलाई कतारको हमाद हस्पिटल लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

४० वर्षीय आचार्य प्रवासी नेपाली समुदायमा सक्रिय समाजसेवी थिए। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारको भूमिकामा रहेका थिए।

उनको पार्थिव शरीर हाल कतारको सनैया स्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ। प्रवासी नेपाली संघ तथा अन्य सामाजिक संघसंस्थाहरूले उनको शव नेपाल पठाउने प्रक्रिया अघि बढाइरहेका छन्।

आचार्यको निधनले प्रवासी नेपाली समुदायमा ठूलो क्षति पुगेको छ। नेपाल तथा कतारका शुभचिन्तकहरू, सहकर्मीहरू र परिवारजनले उनको असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य