भक्तपुरको नलिञ्चोकमा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Categories:

-

भक्तपुर, ९ फागुन  – भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप, सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको ज्यान गएको छ। गम्भीर घाइते भएका उनलाई इवामुरा अस्पतालमा उपचारका लागि लगिएको भए पनि बचाउन सकिएन।

दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङ गम्भीर घाइते भएका छन्। उनलाई ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, दुर्घटनामा घाइते भएका रामेछाप, मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्किएका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य