spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रेस चौतारी नेपाल: काठमाडौंमा लक्ष्मण शर्मा, सुर्खेतमा मुना हमाल अध्यक्ष चयन

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, माघ २४ – प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेत जिल्लाको अधिवेशन सम्पन्न भएको छ। दुवै जिल्लाका अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।

काठमाडौं जिल्ला समितिको छैटौँ अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। समितिको उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित भएका छन्। सचिवमा श्रीकृष्ण ढकाल, सहसचिवमा राजु नापित र उत्सव बजगाईं तथा कोषाध्यक्षमा कमल पन्थी चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरिप्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित भएका छन्। अधिवेशनले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा उभिन नेतृत्वलाई आग्रह गरेको छ।

यसैगरी, बुधबार सम्पन्न प्रेस चौतारी नेपाल सुर्खेत शाखाको अधिवेशनबाट मुना हमालको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा दिनेश बुढा र चन्द्रा कँडेल निर्वाचित भएका छन्। सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेजबहादुर रोकाय तथा कोषाध्यक्षमा नवराज रोकाय चयन भएका छन्।

नयाँ नेतृत्व चयनसँगै सुर्खेतमा पत्रकारहरूको हकहित र संगठनात्मक सुदृढीकरणमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरिएको छ। दुवै जिल्ला समितिले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको पेशागत सुरक्षाका लागि पहल गर्ने र प्रेस चौतारी नेपाललाई संस्थागत रूपमा अझ बलियो बनाउने लक्ष्य राखेको छ।

प्रेस चौतारी नेपाल लामो समयदेखि पत्रकारहरूको अधिकारका लागि संघर्षरत संस्था हो। जिल्ला अधिवेशनहरू मार्फत संगठनलाई स्थानीय स्तरमा मजबुत बनाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग