नेपाली कांग्रेसले एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष

-

काठमाडौं,१३ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्म निरन्तरता दिने निष्कर्ष निकालिएको छ। बैठकपछि सांसद रामहरि खतिवडाले सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको र अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको जानकारी दिए।

खतिवडाका अनुसार, गठबन्धनलाई दीर्घकालीन बनाउन सहमति भइसकेको छ। साथै, सरकारले औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिँदै उनले विपक्षीको विरोधको कुनै ठोस कारण नभएको बताए।

बैठकमा कांग्रेसले आगामी सदनमा एकजुट भई जनताको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। भोलि बस्ने बैठकमा सांसदहरूको धारणा सुनेर मन्त्रीहरूले मन्त्रालयगत कामबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य