रास्वपाका सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सिसिटिभी फुटेज मागीन

Categories:

-

काठमाडौँ,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन्। आज प्रतिनिधि सभाको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिमा उनले पुस २९ गतेको सिसिटिभी रेकर्डसहित खर्च विवरणको बिल भर्पाइ उपलब्ध गराउन निवेदन दिइन्।

कठायतले सो होटलमा समितिका सदस्यहरू बसेको बेला आफूमाथि ह्यारेस्मेन्ट भएको र एनजिओको मदिरापानपछि रास्वपा नेताहरूको व्यक्तिगत जीवनका बारेमा चर्चा गरिएको दावी गरेकी थिइन्। तर, समितिका अन्य सदस्यहरूले भने कठायतको भनाइमा सत्यता नभएको बताएका छन्।

स्रोतका अनुसार, उक्त दिन होटलमा ‘दारु पार्टी’ चलेको थियो, जहाँ सभापति कुसुमदेवी थापासहित एमालेकी सांसद सरस्वती सुब्बा र नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायर माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरी र कठायतको उपस्थिति थिए ।

कठायतले उक्त घटनासम्बन्धी ‘पोखरा साँझ’ को चुरो कुरो सार्वजनिक गर्न समितिको सचिवालयमा निवेदन दर्ता गराएकी हुन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य