खान खर्चको अभावमा बैंकमा चोरीको प्रयास गरेका युवक पक्राउ

Categories:

-

काठमाडौं, माघ १३ – दाङको तुलसीपुर-५ मा रहेको एनएमबि बैंकको शाखामा चोरी गर्न पुगेका एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयको टोलीले शनिबार राती डेढ बजेतिर उनलाई चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने युवकको नाम २७ वर्षीय सन्तोष चौधरी रहेको छ।

प्रहरीका अनुसार चौधरी राति सुरक्षा गार्ड नभएको मौका छोपेर बैंकको भेन्टिलेटरबाट भित्र पसेका थिए र पैसा राख्ने कोठामा पुगेका थिए। तर, उनी भने पैसा निकाल्न असफल भए, किनकि आफूसँग भएका १० वटाभन्दा बढी चाबीले ढोका नखुलेको उनले बयान दिएका छन्। चौधरीले प्रहरीलाई भनेका छन् कि उनी खान खर्च नभएपछि बैंकमा पैसा छ कि भनेर चोर्न आएको थिए।

डीएसपी अनिल ठकुरीका अनुसार चोरीका घटना बढेपछि प्रहरी टोली राति सक्रिय गरिएको थियो। उनीहरूको टोलीले चोरीको प्रयास भइरहेको अवस्थामा चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले चोर्न प्रयोग गरेको विभिन्न चाबी र ढोका तथा ताल्चा काट्न प्रयोग गरिने सामाग्री समेत बरामद गरेको छ। साथै, चौधरीले प्रयोग गरेको स्कुटरको नम्बर रा५प ९७९ पनि प्रहरीले बरामद गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य