नवनियुक्त कर्मचारीका लागि राष्ट्रिय वाणिज्य बैंकको तालिम सुरु

Categories:

-

काठमाडौं, माघ १३ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगमार्फत छनोट भएका नवनियुक्त कर्मचारीहरूका लागि पूर्व सेवाकालीन तालिम आइतबारदेखि सञ्चालन गरेको छ। तालिममा ८३ जना वरिष्ठ सहायक र ६ जना अधिकृत स्तरका कर्मचारीहरू सहभागी भएका छन्। यो तालिम बैंकको काठमाडौंस्थित कार्यालयमा चौध दिनसम्म सञ्चालन हुनेछ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नयाँ कर्मचारीहरूलाई ग्राहकप्रति जिम्मेवार भएर गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरे। उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गरी संस्थाको उत्पादकत्व वृद्धिमा योगदान पुर्याउन आग्रह गरे। खनालले अनुशासन र लगनशीलताले मात्र कर्मचारीको करिअरलाई उत्कृष्ट बनाउन सकिने बताए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान प्रदान गरे।

मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले सहभागी कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार शपथ गराए। उनले कर्मचारीहरूलाई बैंकको नियम र सेवा प्रक्रियाबारे विस्तृत जानकारी गराउँदै प्रभावकारी कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिए।

यो तालिमले कर्मचारीहरूलाई बैंकिङ सेवा, ग्राहक आवश्यकताका विविध पक्ष, र संस्थागत नीति कार्यान्वयनको दक्षता प्रदान गर्ने उद्देश्य राखेको छ। बैंकले युवा जनशक्तिको सक्रियता र योगदानले वित्तीय क्षेत्रलाई थप प्रतिस्पर्धात्मक र नवप्रवर्तनशील बनाउने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य