बुटवल,१३ माघ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडप काफ्लेपाटीभन्दा माथि बलुडाँडामा भएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सशस्त्र प्रहरीका तीन जना र आन्दोलनकारीतर्फ दुई जना घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
जिल्ला प्रहरी कार्यालयले आन्दोलनकारीबाट तीन थान खुकुरी, गुलेली, र अन्य सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार लुकाइएका हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा ती सामान बरामद गरिएको हो।
हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित केबलकार परियोजना अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्


