काठमाडौँ, १३ माघ ।रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भागेका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुन मगर मृत फेला परेका छन्। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा निलडामसहित फेला परेकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लोकेन्द्रको अस्थायी टहरामा उनीहरू मृत अवस्थामा फेला परेका हुन्। लोकेन्द्र टेकबहादुर खड्काका एक मात्र छोरा हुन् भने उनका बुबाआमा उपचारका लागि नेपालगञ्ज गएका थिए।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको र घटनाको गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाज र परिवारको दबाबले यस्तो घटना हुनसक्ने अनुमान गरिए पनि वास्तविक कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


