spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

spot_img

-

काठमाडौं, २ माघ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेका हुन्।

गत कात्तिक २ गते पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने ८४ दिन हिरासतमा बसेपछि कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार साँझ रिहा भएका थिए।

त्यसपछि स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा उनी प्रतिवादीको रुपमा आइतबार हाजिर भएका थिए। अदालतमा उपस्थित भएपछि उनलाई हिरासतमा पठाइएको थियो।

स्वर्णलक्ष्मी सहकारीमा रविसहित अन्य व्यक्तिहरूले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।

अदालतको आदेश

लामिछानेलाई धरौटीमा रिहा गरेसँगै सहकारी ठगीका मुद्दाहरूमा राजनीतिक नेताहरूको संलग्नताबारे थप छलफल सुरु भएको छ। अदालतको आदेशपछि उनी अब धरौटीमा रिहा हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग