आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ

Categories:

-

काठमाडौं, २ माघ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको भिडिओपछि, प्रहरीको टोलीले आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको जानकारी काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले दिएका छन्।

पक्राउ गर्नका लागि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। एसपी अधिकारीका अनुसार, “अभद्र व्यवहार मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई पक्राउ गरिएको हो ।”

तामाङले पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीसँग विवाद गरेको भिडिओ केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा तामाङको आपत्तिजनक व्यवहार देखाइएको छ, जसले आम नागरिक र प्रहरीबीचको सम्बन्धमा आपत्ति उठाएको छ।

पक्राउपछि तामाङलाई थप अनुसन्धान र कानूनी कारवाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य