spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुँदै

spot_img

-

काठमाडौँ, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) काठमाडौँ जिल्ला अदालतमा ठगी अभियोगमा बयान दिन उपस्थित हुँदैछन्। उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफैँ अदालतमा उपस्थित हुन लागेका हुन्।

पूर्वगृहमन्त्री लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते मात्र धरौटीमा रिहा भएका थिए र पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, लामिछाने आज काठमाडौँ अदालतमा हाजिर हुनेछन्।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन, र पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता भइरहेको छ। यसअघि, उनलाई हिरासतमा राख्ने योजना रहेको भए पनि प्रहरीको योजना परिवर्तन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग