नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालभर धक्का महसुस

Categories:

-

काठमाडौँ, २३ पुस । आज बिहान ६:५० मा नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ। केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्रको नजिक, करिब ९० किलोमिटर टाढा रहेको छ।

भूकम्पले नेपालका पूर्वदेखि मध्य क्षेत्रसम्म ठूलो धक्का दिएको छ। सोलुखुम्बु लगायतका स्थानमा धक्का प्रस्ट महसुस गरिएको प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले बताएका छन्।

भूकम्पबाट भएको सम्भावित क्षति र प्रभावको विवरण भने अहिले सङ्कलन हुँदैछ। स्थानीय प्रशासनले विभिन्न क्षेत्रबाट रिपोर्ट लिने काम जारी राखेको छ। तिब्बत क्षेत्रमा केन्द्रित भए पनि यसले नेपालका धेरै ठाउँमा असर पुर्‍याएको छ।

यस घटनाले जनतामा त्रास उत्पन्न गरेको छ भने क्षति बारे विस्तृत जानकारी आउने क्रममा छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य