बुद्ध एअरको जहाजमा समस्या: त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

Categories:

-

काठमाडौँ, २२ पुस । निजी क्षेत्रकै सफल मानिएको बुद्ध एअरको भद्रपुरतर्फ उड्दै गरेको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। बुद्ध एअरको अल्फा जुलियट सियरा (AJS) कलसाइनको उक्त विमानले शुक्रबार बिहान टेक अफ गरेलगत्तै बायाँ इन्जिन फेल भएको थियो।

इन्जिनमा आएको समस्याका कारण विमानलाई तुरुन्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काउनुपर्ने स्थिति आएको बुद्ध एअरका अधिकारीले जानकारी दिए। “विमान उडेको केही समयपछि नै बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले तुरुन्तै आकस्मिक अवतरणको निर्णय लिनुभयो। सबै यात्रु र चालक दल सुरक्षित छन्,” बुद्ध एअरका प्रवक्ताले भने।

विमानमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलले आकस्मिक अवस्थाका लागि आवश्यक तयारी गरिसकेको थियो। विमानस्थल स्रोतका अनुसार यो घटनाका कारण उड्न र अवतरण गर्न तयार भएका सबै विमानलाई होल्डमा राखिएको थियो। नागरिक उड्डयन प्राधिकरणले आकस्मिक अवस्था व्यवस्थापनका लागि आवश्यक संयन्त्र सक्रिय पारेको र प्रभावित उडानहरूलाई समन्वय गरिएको जनाएको छ।

यस घटनाले बुद्ध एअरको उडान सुरक्षामा फेरि एक पटक प्रश्न उठेको  छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य