बिसु कुमार केसीको नेतृत्वमा बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नयाँ कार्यसमिति गठन

Categories:

-

काठमाडौँ, २१ पुस । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल (IPPSON) को अध्यक्षमा बिसु कुमार केसी चयन भएका छन्। शुक्रबार काठमाडौँमा आयोजित समाजको १२ औं वार्षिक साधारण सभाले केसीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन्। यसबाहेक, मधुसूदन पौडेल (निवर्तमान अध्यक्ष), डा. प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा र सज्जनवर सिंह थापा सदस्यको रूपमा निर्वाचित भएका छन्। मुकुन्द ढुंगाना सर्वसम्मत सदस्य चयन भएका छन्।

वार्षिक साधारण सभा पश्चात् उद्योग विभाग र बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको सहकार्यमा ‘बौद्धिक सम्पत्तिसम्बन्धी’ विचार गोष्ठी पनि आयोजित भएको थियो। गोष्ठीमा अर्थविज्ञ डा. पोषराज पाण्डेले ‘बौद्धिक सम्पत्तिको आर्थिक विकासमा भूमिका’ विषयमा सम्भाषण दिएका थिए।

कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला, पूर्व सचिवहरू भानु प्रसाद आचार्य, भरत बहादुर थापा, कृष्ण ज्ञवाली, र उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले बौद्धिक सम्पत्ति संरक्षणको महत्व र यसका विभिन्न पहलूहरूमा मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य