नेपालको मौसममा पश्चिमी वायुको प्रभाव: हुस्सु र कुहिरोको सम्भावना

Categories:

-

काठमाडौँ, २१ पुस ।आइतबार बिहानदेखि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मौसममा आंशिकदेखि साधारणतया बदली देखिएको छ। देशका बाँकी पहाडी र हिमाली भूभागमा पनि आंशिक बदली भइरहेको छ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम देखिएको छ। महाशाखाले भने तराई र उपत्यका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरोको सम्भावना रहेको बताउँदै दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उडानमा असर पर्ने चेतावनी जारी गरेको छ।

महाशाखाले आगामी २४ घण्टामा सावधानी अपनाउन अनुरोध गर्दै देशका अधिकांश स्थानहरूमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य