सर्वोच्च बारमा काँग्रेस-समाजवादी गठबन्धनको प्रभावशाली जित

Categories:

-

काठमाडौँ, २१ पुस । सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा नेपाली काँग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलआरए) र नेकपा एकीकृत समाजवादी निकट प्रोग्रेसिभ लयर्स एसोसिएसन (एसपिएलए) को गठबन्धनले अत्यधिक मतका साथ जित हासिल गरेको छ।

अध्यक्षमा मेघराज पोखरेल ३६८ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ र प्रेमसिंह धामीले १५ मत मात्र पाए। उपाध्यक्षमा अम्मरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुन्देवी अर्याल महर्जन, र कोषाध्यक्षमा रामचन्द्र पौडेल विजयी भए।

महिला सदस्यमा शशी बस्नेतसहित दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, र सतिशराज मैनालीलगायत अन्य सदस्य निर्वाचित भए। निर्वाचितमध्ये सतिशराज मैनाली भने एमाले निकट हुन्।

यो जितले बार एसोसिएसनमा काँग्रेस र समाजवादीको प्रभाव देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य