काठमाडौँ, पुस १ ।प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सञ्चारकर्मीसँग नागरिकमा नकारात्मक प्रभाव पार्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गरेकी छन्।
सोमबार ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ पुस्तक विमोचन समारोहमा उनले राज्य सञ्चालनका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै समाचारले जनतालाई सकारात्मक प्रभाव पार्नुपर्ने बताइन्। उनले राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने धारणा राख्दै संसदको गरिमा कायम राख्न संसदीय पत्रकारिताको आवश्यकता औंल्याइन्।
‘डिजिटल प्रविधि पाँचौँ अंगको रूपमा आएको छ,’ रानाले भनिन्, ‘राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ।’ साथै, उनले वर्तमान व्यवस्था जोगाउँदै मुलुकलाई समृद्ध बनाउन एकतामा जोड दिइन्।
प्रतिक्रिया दिनुहोस्


