काठमाडौँ, पुस १ ।धादिङकी शोभा पाठकलाई ‘हनी ट्र्याप’ आरोपसहित काठमाडौं प्रहरीले पक्राउ गरेको छ। साइबर अपराधसम्बन्धी उजुरीको आधारमा उनलाई सोमबार काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो।
राजकुमार त्रिपाठीले विद्युतीय कारोबार ऐनअन्तर्गत पाठकविरुद्ध उजुरी दिएका थिए। प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटका अनुसार उनलाई मंसिर १८ मा पक्राउ पुर्जी जारी भएको थियो। अदालत परिसरमा फेला परेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।
पाठकले यसअघि एमाले नेता महेश बस्नेतलाई ब्ल्याकमेल गरेको आरोपमा आपराधिक लाभको मुद्दा खेपिरहेकी थिइन्। बस्नेतविरुद्धको रिट अदालतले खारेज गरिसकेको छ। उनलाई विभिन्न व्यक्तिसँग विवाहको नाटक गरेर ठगी गरेको आरोपसमेत छ।
प्रहरीले पाठकमाथि थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्


