काठमाडौं,१९ मङ्सिर –अमेरिकामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीका लागि २०२५ सालको अप्रिलदेखि विद्यार्थी भिसा आवेदन प्रक्रिया खुल्ने भएको छ। अमेरिकी दूतावास, काठमाडौंले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्दै विद्यार्थीहरूलाई आफ्नो आवेदन मिति सुरक्षित गर्न आग्रह गरेको छ।
दूतावासले अप्रिल, मे, जुन, र जुलाई २०२५ महिनाका लागि आवेदन मिति निम्नानुसार तय गरेको छ:
- अप्रिल २०२५ का आवेदन: २२ जनवरी, बिहान ८ बजे
- मे २०२५ का आवेदन: १३ मार्च, बिहान ८ बजे
- जुन २०२५ का आवेदन: १७ अप्रिल, बिहान ८ बजे
- जुलाई २०२५ का आवेदन: १५ मे, बिहान ८ बजे
दूतावासले आवेदन प्रक्रिया सहज बनाउन समयमै आवेदन दिन आग्रह गरेको छ। यसले नेपाली विद्यार्थीहरूलाई आफ्नो अध्ययनका लागि अमेरिका जाने योजनामा सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्