spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गर्‍यो

spot_img

-

काठमाडौं,१९ मङ्सिर  – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो। कर्णालीका लागि ओपनर शिखर धवनले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित ७२ रनको अर्धशतकीय इनिङ खेले। डेथ ओभरमा सम्हालिएको खेलले कर्णालीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍यायो।

कर्णालीका ओपनर देव खनाल खाता खोल्न नसकी पेभिलियन फर्किए। चान्डविक वाल्टनले २१ रन बनाए भने बाबर हायतले १३ रनको योगदान गरे। गुल्सन झाले १२ रन बनाए भने अर्जुन घर्ट्टी ४ रनमा आउट भए।

काठमाडौंका बलरहरूले किफायती बलिङ गरे। गेर्हार्ड एरासमसले २ विकेट हात पार्दा करण केसी, नाथन स्वटर, र दिपेश कँडेलले समान १-१ विकेट लिए।

काठमाडौं गुर्खाजले यसअघि चितवन राइनोजसँग ५ विकेटको पराजय भोगेको थियो भने कर्णाली याक्स पहिलो खेलमा जनकपुर रोयल्ससँग ८ विकेटले पराजित भएको थियो।

टियु मैदानमा जारी चौथो दिनको यो खेल दुबै टोलीका लागि जित्नैपर्ने अवस्था छ। १५० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गुर्खाज कस्तो प्रदर्शन गर्ला भन्नेमा सबैको चासो छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग