spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

विद्याको मन्दिरमा नक्कली धन्दा: प्रोलिफिक माविका प्रिन्सिपल महतलाई ६ महिना कैद र जरिवाना

spot_img

-

काठमाडौँ, मङ्सिर १८ । राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महतलाई कक्षा १२ का विद्यार्थीहरूको प्रवेशपत्रमा गडबडी गरेको आरोपमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले लिखतसम्बन्धी कसूरमा महतलाई दोषी ठहर गर्दै न्यूनतम सजाय तोकेको हो।

महतले आफ्नो दुई बुढा भाइ र अन्य तीन विद्यार्थीका प्रवेशपत्रमा हेरफेर गरेका थिए। उनीहरूका वास्तविक फोटो हटाई अन्य विद्यार्थीका फोटो राखेर परीक्षा दिन लगाएको तथ्य सार्वजनिक भएपछि गत वैशाख १६ मा महतलाई प्रहरीले पक्राउ गरेको थियो।

कसरी भयो घटना सार्वजनिक?

गत वर्ष वैशाख १४ बाट सुरु भएको कक्षा १२ को अन्तिम परीक्षाका क्रममा पाँच विद्यार्थीको प्रवेशपत्र नक्कली भएको उजुरी शिक्षा मन्त्रालयमा परेपछि अनुसन्धान सुरु गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकाको अनुसन्धानले प्रवेशपत्रमा गडबडी भएको पुष्टि गरेको थियो। उजुरी दर्ता गरेका विद्यार्थी लोकबहादुर भण्डारीले महतले आफ्नो फोटोको दुरुपयोग गरेको आरोप लगाएका थिए।

अनुसन्धानका क्रममा गडबडी भेटिएका पाँच विद्यार्थीको प्रवेशपत्र राष्ट्रिय परीक्षा बोर्डले रद्द गर्‍यो। तीमध्ये दुई विद्यार्थी महतका आफ्नै भाइ रहेको खुलासा भयो।

अदालतको फैसलामा के भनिएको छ?

अदालतले महतले गल्ती स्वीकार गरी अनुसन्धानमा सहयोग पुर्‍याएकाले न्यूनतम सजाय तोकेको जनाएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार यो कसूरमा अधिकतम सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था भए पनि महतले आफूलाई सुधार्ने मौका पाउने विश्वासमा न्यून सजाय तोकिएको हो।

अझै थप अनुसन्धानको आवश्यकता

घटनामा अन्य विद्यालय कर्मचारीहरूको संलग्नता रहेको आरोप पनि छ। स्रोतका अनुसार विद्यालय सञ्चालक समितिका सदस्य, लेखापाल र कम्प्युटर शिक्षक समेतले गडबडीमा सहयोग गरेका थिए। यसबारे थप अनुसन्धान भएमा अन्य अपराध पनि सार्वजनिक हुनसक्ने महानगर स्रोतले जनाएको छ।

शिक्षा क्षेत्रका जानकारहरूले विद्याको मन्दिरमा यस्ता गम्भीर अपराध गर्ने व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग