spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि पत्रकार सम्मेलन, सञ्चारकर्मीलाई बेलैमा उपस्थित हुन आग्रह

spot_img

-

काठमाडौँ, मङ्सिर १७ ।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिने पत्रकार सम्मेलनमा समयमै उपस्थित हुन सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ। प्रधानमन्त्रीको चीन प्रस्थानअघि विमानस्थलको अति विशिष्ट कक्षमा भोलि बिहान ९:३० बजेभित्र उपस्थित हुन सूचना तथा प्रसारण विभागले अनुरोध गरेको छ।

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि छ्यिाङको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जाँदैछन्। हिमालय एअरलाइन्सको चार्टर उडानमा प्रधानमन्त्रीसहित ४४ जना मात्रै सवार हुनेछन् भने प्रतिनिधिमण्डलका अन्य सदस्यहरू आजै विभिन्न उडानमार्फत चीन पुगेका छन्।

भ्रमणमा सहभागी प्रतिनिधिमण्डलमा निजी क्षेत्रका व्यापारीहरूको उल्लेख्य उपस्थिति रहेको छ। यस भ्रमणलाई नेपाल-चीन सम्बन्धमा थप घनिष्ठता स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग