काठमाडौं, १५ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो १ सय ग्राम अवैध सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयका अनुसार चितवनका आशिष सुवेदी एयर अरेबियाको फ्लाइटमार्फत दुबई हुँदै नेपाल फर्कने क्रममा पक्राउ परेका हुन्।
भन्सार स्रोतका अनुसार सुवेदीले रबरको भाँडो बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए। उनलाई चेकजाँचका क्रममा विमानस्थल सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो।
काम नपाएर फर्कंदा अपरिचितको प्रस्ताव
सुवेदीले प्रारम्भिक बयानमा दुबईमा काम नपाएर नेपाल फर्कने क्रममा एक अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्याएमा १० हजार रुपैयाँ दिने आश्वासन दिएपछि सो सुन ल्याएको स्वीकारेका छन्।
पक्राउ परेका सुवेदीलाई गौशाला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ। यस प्रकरणले अवैध सुन तस्करीका नयाँ रणनीतिहरूको पर्दाफास गरेको भन्सार कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


