spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत: ८७ सदस्यीय टोलीको तयारी

spot_img

-

काठमाडौं, मंसिर १३ –प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गर्दैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिमालय एअरलाइन्सको चार्टर विमानमार्फत काठमाडौँबाट बेइजिङ जाने कार्यक्रम छ। भ्रमण मङ्सिर १७ देखि २० गतेसम्म रहनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा ४५ देखि ५० जना सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्। प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिवलगायत उच्चस्तरीय सरकारी अधिकारी हिमालय एअरलाइन्सको ए३१९ विमानमा सवार हुनेछन्। उक्त विमानमा बिजनेस क्लास नरहेकाले विमानको अगाडिका इकोनोमी सिटलाई पर्दाले बेरी सहज बनाउने व्यवस्था गरिएको छ।

भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि समावेश छन्। अन्य व्यवसायीहरू भने बेग्लै उडानमार्फत चीन जाने कार्यक्रम छ।

बेइजिङमा दुई दिन बिताउने प्रधानमन्त्री ओलीले चिनियाँ नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। भ्रमणका प्रमुख एजेन्डामा व्यापार, लगानी, पूर्वाधार विकास, सीमा व्यवस्थापन र रणनीतिक साझेदारीलाई बलियो बनाउने विषयहरू समावेश छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। भ्रमण टोलीका सदस्यहरूको नामावली, कार्यक्रम र एजेन्डा मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले अनुमोदन गरेको छ। टोलीका सदस्यहरू कूटनीतिक राहदानीका लागि तयारी गरिरहेको परराष्ट्रले जनाएको छ।

यस भ्रमणका क्रममा दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुन सक्ने अपेक्षा गरिएको छ। विशेषगरी, व्यापार र पूर्वाधार परियोजनामा दुवै देशले सहकार्यका सम्भावनाहरू खोज्ने छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन भ्रमणले नेपालमा विदेशी लगानी भित्र्याउन र दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली बिहीबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग