spot_img
23.1 C
Kathmandu

वर्ल्डलिंकमा फिनफन्डले गर्यो १ करोड युरो लगानी

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, मंसिर १३ – देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड मा फिनल्यान्डको सरकारी फन्डिङ संस्था फिनफन्ड ले १ करोड युरो (करिब १४ अर्ब नेपाली रुपैयाँ) लगानी गरेको छ। यो लगानी वर्ल्डलिंकको फाइबर नेटवर्क विस्तार गर्न उपयोग गरिनेछ।

बिहीबार आयोजित सम्झौतासभामा फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

ग्रामीण क्षेत्रमा डिजिटल पहुँचको लक्ष्य
फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले वर्ल्डलिंकको प्रयासलाई प्रशंसा गर्दै भने, “यो लगानीले नेपालका ग्रामीण र दुर्गम भेगमा छिटो, किफायती र भरपर्दो इन्टरनेट सेवाहरू पु¥याउन मद्दत पुर्‍याउनेछ।”

कम्पनीले नोकियाको अत्याधुनिक प्रविधिको प्रयोग गरेर ग्रामीण र शहरी क्षेत्रमा डिजिटल विभाजन हटाउने लक्ष्य राखेको छ। साथै, डाटा सेन्टरको विस्तारले वर्ल्डलिंकका ग्राहक मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम, र निजी–सार्वजनिक संस्थाहरूलाई पनि फाइदा पुर्‍याउने बताइएको छ।

डिजिटल रूपान्तरणको नयाँ युग
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, “फिनफन्डको लगानीले देशभर तीव्र, भरपर्दो र किफायती इन्टरनेट पु¥याउने हाम्रो उद्देश्यमा कोसेढुंगा साबित हुनेछ।” उनले सहर र गाउँबीचको डिजिटल असमानता हटाउने र नेपाललाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यो लगानीसँगै वर्ल्डलिंकले आफ्नो फाइबर नेटवर्क विस्तार र विश्वस्तरीय डाटा सेन्टर स्थापना गरी नेपाललाई थप डिजिटल युगतर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग