spot_img
23.1 C
Kathmandu

काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा, वायु प्रदूषणले स्वास्थ्य जोखिम थपियो

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, मंसिर १३ –  काठमाडौं वायु प्रदूषणका कारण विश्वकै सातौँ प्रदूषित सहरको सूचीमा परेको छ। युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) का अनुसार बिहीबार अपराह्न काठमाडौंको वायु गुणस्तर सूचकांक (आईक्यूआई) १५५ पुगेको छ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ वायु प्रदूषण सूचकांक ४७७ मापन गरिएको छ। दोस्रो स्थानमा भारतको दिल्ली (४३७ आईक्यूआई) रहेको छ भने क्रमशः इजिप्टको कायरो, उत्तर म्यासेडोनियाको स्कोप्जे, काजाकिस्तानको अस्ताना, र पाकिस्तानको कराँची अन्य उच्च प्रदूषित सहरहरूमा पर्दछन्।

प्रदूषण नियन्त्रणमा विभागको आग्रह
नेपालको वातावरण विभागले वायु प्रदूषण नियन्त्रणका लागि केही उपायहरू अपनाउन आग्रह गरेको छ। ठोस र प्लास्टिकजन्य फोहोर जलाउन रोक लगाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग र भान्सामा स्वच्छ ऊर्जा प्रयोग गर्न, र निर्माण कार्यबाट हुने धूलो नियन्त्रण गर्न विभागले सुझाव दिएको छ।

स्वास्थ्यमा गम्भीर असर
वायु प्रदूषणको सूचकाङ्क १५१ देखि २०० भएमा स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ। यस अवस्थामा बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास तथा मुटु रोगीहरू, र गर्भवती महिलाहरूलाई विशेष सावधानी अपनाउन सल्लाह दिइएको छ।

आईक्यूएयरका अनुसार वायुमा आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, र नाइट्रोजन अक्साइडजस्ता प्रदूषक तत्वहरू स्वासप्रश्वासका माध्यमबाट शरीरमा प्रवेश गर्छन्। यो स्वास्थ्यका लागि दीर्घकालीन हानि पुर्‍याउने कारक हो।

काठमाडौं लगायत देशभर मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको छ। वातावरण विभागका अनुसार सवारी साधन, उद्योग, वन डढेलो, र फोहोर जलाउने कार्य मुख्य प्रदूषणका स्रोत हुन्। प्रदूषण नियन्त्रणका लागि सहकार्य र दीर्घकालीन योजना आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग