काठमाडौँ ,१० मङ्सिर । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकलाई भन्सारछलीको आरोपमा कारबाहीको सिफारिस गरिएपछि पनि बीरगंज भन्सार प्रमुखको जिम्मेवारी दिइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई बीरगंज भन्सारको प्रमुखमा नियुक्त गरेपछि तस्करीमा संलग्न व्यक्तिहरुको मनोबल बढेको बताइएको छ। रसुवा भन्सार कार्यालयमा पाठकको मिलेमतोमा आयात भएका सामान गलत विवरणमा पास गरिएको थियो।
गत जेठ २९ मा भन्सार विभागको छड्के जाँचबाट ६५ लाख रुपैयाँ भन्सार महसुल छली भएको प्रमाण फेला परेको थियो। तथापि, पाठकले राजनीतिक पहुँचको उपयोग गर्दै कारबाहीबाट जोगिन सफल भए।
बीरगंजमा सरुवा भएपछि पनि उनले हालै पोलार कपडालाई मलमल भनेर पास गर्ने घटनामा संलग्न भएको खुलेको छ। यसले भन्सार छली नियन्त्रणको सरकारी प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया दिनुहोस्