spot_img
23.1 C
Kathmandu

प्रधानमन्त्रीद्वारा धरहरा परिसरमा एनपीएल ट्रफी अनावरण

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ ,१० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी काठमाडौँको सुन्धरास्थित धरहरा परिसरबाट सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित विशेष समारोहमा धरहराको पृष्ठभूमिबाट ट्रफी अनावरण गरे। यस कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरुको साथै आठवटा टिमका खेलाडीहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालमा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। क्यानका सचिव पारस खड्काले ट्रफीको प्रमुख आकर्षणको रूपमा सगरमाथाको आधार शिविर, कालापत्थरबाट ल्याइएको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफी केवल एक प्रतियोगिता प्रतीक नभई विश्वलाई हिमाल संरक्षणको सन्देश पनि दिने उल्लेख गरे।

नेपालमा पहिलोपटक आयोजना हुने एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ, जसमा आठवटा टिमको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग