18.1 C
Kathmandu

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने

-

काठमाडौँ, ७ मङ्सिर ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने घोषणा गरेका छन्।

काठमाडौँमा आयोजित एमालेको जागरणसभामा ओलीले भने, “म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु।” उनले आफ्नो भ्रमण सफल रहनेमा विश्वास व्यक्त गर्दै भने, “म घुम्न जान लागेको होइन। देशको हित र भलाईका लागि कुनै पनि देशको भ्रमण गरिन्छ। त्यसरी नै हामीले हाम्रा भ्रमणलाई सफल बनाउने ढंगले प्रस्तुत गरेका छौं।”

ओलीले भ्रमणको मुख्य उद्देश्य देशको हितमा केन्द्रित रहेको प्रष्ट्याए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य