मंसिर १६ मा हुने उपनिर्वाचनका लागि तयारी तीव्र, उम्मेदवारविरुद्ध उजुरीको समय खुला

Categories:

-

काठमाडौँ,३ मङ्सिर ।मंसिर १६ गते आइतबार हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिएको छ। निर्वाचन आयोगले यस समयमा दर्ता गरिएका उजुरीहरूको छानबिन गरी मंगलबार उम्मेदवारहरूको नामावली प्रकाशित गर्नेछ। बुधबार उम्मेदवारी फिर्ता लिन सकिने र अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

उपनिर्वाचनका लागि आइतबार ४४ स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। तीमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। गाउँपालिका र नगरपालिकाका विभिन्न पदहरूमा ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। वडाध्यक्षका ३४ पदका लागि ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य