रवि लामिछानेविरुद्ध काठमाडौँले पनि जारी गर्यो पक्राउ पुर्जी

Categories:

-

काठमाडौँ,२ मङ्सिर । कास्की जिल्लाको प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा अदालतले पुर्जी जारी गरेको हो। लामिछानेका पूर्व व्यवसायीक साझेदार तथा पूर्वडीआईजी छविलाल जोशीलाई समेत थुनामा लिएर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राईको नेतृत्वमा रहेको संस्थाको १ अर्ब ११ करोड रुपैयाँ निक्षेप अपचलन भएको आरोपमा यसअघि २२ जना विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले सहकारीको बचतमा ठुलो घोटाला भएको निष्कर्ष निकालेको छ।

प्रहरीले लामिछाने र जोशीलाई अनुसन्धानको दायरामा ल्याउनका लागि आवश्यक कदम चालिरहेको छ। यस घटनाले सहकारी क्षेत्रमा देखिएको अपारदर्शिता र आर्थिक अनियमिततामा गम्भीर चिन्ता खडा गरेको छ। सहकारीका रकम अपचलनको घटनाले सामाजिक र राजनीतिक क्षेत्रलाई व्यापक रूपमा प्रभावित बनाएकोले, यस मुद्दाले थप सार्वजनिक ध्यान आकर्षित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य