कपन बानेश्वर साहित्यिक साप्ताहिकले हेम पौडेल स्मृति कविता प्रतियोगिता आयोजन गर्दै

Categories:

-

काठमाडौँ,१ मङ्सिर ।कपन बानेश्वर साहित्यिक साप्ताहिकले वरिष्ठ कलाकार तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृति दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिताको उद्देश्य हेम पौडेलको योगदान र सिर्जनाको स्मरण गर्नु हो। प्रतियोगिताका लागि तीनवटा शीर्षकहरू चयन गरिएका छन्:

१. हेम पौडेल र चरा
२. हेम पौडेल र कला
३. हेम पौडेल र सौन्दर्य

प्रतिभागीहरूलाई यी शीर्षकमध्ये एकमा १०० देखि १२५ शब्दसम्मको कविता लेख्न आग्रह गरिएको छ। कविता मङ्सिर १५ गते भित्र hemganga123@gmail.com मा पठाउनुपर्नेछ।

प्रतियोगितामा पहिलो, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्ने विजेताहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ। पुरस्कारमा क्रमशः हेम पौडेलको कला कृति र नगद १०,०००, ६,०००, र ४,००० राखिएको छ।

पुरस्कार वितरण कार्यक्रम माघ २० गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। सोही अवसरमा हेम पौडेलको चित्र कला प्रदर्शनी, उहाँको कविता कृतिको प्रकाशन, र कविता प्रतियोगिताका विजयीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत गरिनेछ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलले प्रतियोगिताका लागि उत्साहजनक सहभागिताको अपेक्षा गरेका छन्। प्रतियोगिताले हेम पौडेलको कला र साहित्यिक योगदानलाई नयाँ पुस्तामा फैलाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य