नेपाली कांग्रेसद्वारा स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवारको घोषणा

-

काठमाडौं, ३० कात्तिक – नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ४४ उपनिर्वाचन क्षेत्रमध्ये १० उम्मेदवार सर्वसम्मत रूपमा चयन गरिएको जानकारी दिएका छन्।

 कोशी प्रदेशका उम्मेदवार:
१. भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, वडा अध्यक्ष
२. रामगोपाल वली – झापा, कन्काई नगरपालिका, वडा नं. ६, वडा अध्यक्ष
३. वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, अध्यक्ष
४. नगेन्द्र लिम्बू – तेह्रथुम, लालीगुराँस नगरपालिका, वडा नं. ८, वडा अध्यक्ष
५. तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, वडा अध्यक्ष
६. टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, प्रमुख
७. घनश्याम दाहाल – ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, वडा अध्यक्ष
८. सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १२, वडा अध्यक्ष
९. नवराज बस्नेत- उदयपुर, बेलका नगरपालिका, वडा नं. ९, वडा अध्यक्ष

 गण्डकी प्रदेशका उम्मेदवार:
१. भाईकाजी आले – गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, वडा अध्यक्ष

कांग्रेसले यी उम्मेदवारहरूको चयनलाई पार्टीको स्थानीय नेतृत्वको सुदृढीकरणको दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य