काठमाडौँ,३० कार्तिक ।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा शुक्रबार मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। १ ज ३३८ नम्बरको जिप सडकबाट तीन सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्, जसको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
जिपमा करिब १२ जना सवार थिए, र चालकको अवस्था पनि गम्भीर रहेको प्रहरीका डिएसपी प्रकाश दाहालले जानकारी दिए। मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


