गोकर्णेश्वरमा श्रीमानले बेपत्ता भनेकी महिला र दुई छोराछोरी घरभित्रै मृत फेलापरे

Categories:

-

काठमाडौँ,३० कार्तिक ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा बेपत्ता भनिएकी ३३ वर्षीया सीता दंगाल नगरकोटी र उनका १५ वर्षकी छोरी अंशु मोक्तान तथा २ महिनाका छोरा घरभित्रै मृत अवस्थामा फेला परेका छन्। श्रीमान कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि बेपत्ता भएको भन्दै बिहीबार प्रहरीलाई निवेदन दिएका थिए।

प्रहरीले घरमै खोजतलास गर्दा, ढोका फोडेर तिनै जनाको शव फेला परेको हो। शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा सम्भावित दुर्घटनाको आशंका गरिएको छ, तर पोष्टमार्टम रिपोर्टले मात्र वास्तविकता स्पष्ट पार्नेछ।

घटना शंकास्पद भएको कारणले श्रीमानमाथि पनि अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, श्रीमानले हराएको यति दिनसम्म किन जानकारी नदिएको र ढोका भित्रबाहिर चाबि लगाउने तरिका शंकास्पद रहेको छ। घटनालाई थप अनुसन्धान गर्न कान्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य